खुलाल खत्रीको खोज नामक पुस्तक विमोचन

भक्तपुर, १४ असोज । साहित्यकार गणेश बहादुर खत्रीद्वारा लिखित खुलाल खत्रीको खोज नामक पुस्तकको आज विमोचन गरिएको छ ।
काठमाडौं विश्वविद्यालयका निवर्तमान उपकुलपति डा. सुरेशराज शर्माले भक्तपुरमा आज पुस्तक विमोचन गर्नु भएको हो ।
पुस्तक विमोचनमा वोल्दै शर्माले बंशावली तयार गर्दा बाबुको मात्र नगरि आमाको बंशको पनि बंशावली तयार गर्नु पर्ने सुझाव दिनु भयो ।
बागसिंह प्रतिष्ठान भक्तपुरको सहयोगमा खत्रीद्वारा लिखित खत्री समुदायहरुको अवस्था र इतिहास समेटिएको पुस्तक प्रकाशित गरिएको हो । उक्त कार्यक्रममा साविकका नंखेल र चित्तापोल गाविसबाट विशिष्ट श्रेणीमा एस एल सी परिक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

शुक्र, अशोज १४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया