प्रहरीले राजनितिक दवावका आधारमा काम गर्नु हुदैन : अर्याल

काठमाडौ १४ असोज ।  

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले राजनीतिक दबाबमा प्रहरीले काम गर्न नहुने बताउनु भएको छ । उहाँले राजनितिक दबाब भन्दा पनि न्याय र तथ्यका आधारमा प्रहरीले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले राजनीतिक दबाब आए पनि न्याय र तथ्यका आधारमा कानुनको परिधिभित्र बसेर प्रहरीले काम गर्नुपर्ने बताउनु भयो ।

कञ्चनपुर लगायत आसपासका सीमाक्षेत्रको समस्याका विषयमा पनि आफ्नो तहबाट सक्दो पहल गर्ने जनाउँदै उहाँले अपराध नियन्त्रणमा प्रहरी सक्रिय भएर लागिरहने धारणा राख्नु भयो ।

शुक्र, अशोज १४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...