दरबारमार्गस्थित एक जुत्तापसलमा आगलागी

काठमाडौ १४ असोज ।  

राजधानीको दरबारमार्गस्थित एक जुत्तापसलमा आज आगलागी भएको छ । महेन्द्र सालिक छेउको एन्भी शुज एण्ड एसोसरिजमा आगलागी भएको प्रहरीले जनाएको छ ।

तीनधारा पाकशालाको छात्राबास भवनमा रहेको पसलमा लागेको आगो काठमाडौं महानगरपालिकाको दमकलको सहयोगमा झण्डै आधा घण्टापछि नियन्त्रणमा लिएको हो ।

आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको महानगरीय प्रहरी प्रभाग दरबारमार्गका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर पल्ली मगरले बताउनु भयो ।

शुक्र, अशोज १४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...