लोकतन्त्र विरोधी षडयन्त्र भइरहेको छ : पौडेल

काठमाडौ १४ असोज ।  

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले लोकतन्त्र विरोधी षडयन्त्र जारी रहेको भन्दै संविधान कार्यन्वयनका लागि दलहरु प्रतिवद्ध रहेको बताउनु भएको छ ।

राजधानीमा आज आयोजित एक कार्यक्रममा बोल्दै पौडेलले २००७ सालपछि मुलुकमा भएका राजनितिक उपलब्धी र लोकतन्त्र विरुद्ध षडयन्त्र भइरहेको समेत बताउनु भयो ।

लोकतन्त्र विरुद्ध अहिले पार्टी भित्र र बाहिर षडयन्त्र र खेलहरु जारी रहेकाले सबै तयसतर्फ सजग हुनुपर्ने उहाँको भनाई थियो । संविधान कार्यनवयनका लागि तीन तहको निर्वाचन गर्नु प्रमुख दलको जिम्मेवारी रहेको पौडेलले बताउनु भयो ।

शुक्र, अशोज १४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया