अभिनयमा फर्किए माग्ने बुढा (भिडियो सहित)

काठमाडौं, १४ असोज । विगत ४ महिनादेखि बिरामी भएका चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ फेरि अभिनयमा फर्किएका छन् ।
पेटको समस्याका कारण थला परेका उनी आफैँले गाएको गीतको म्युजिक भिडियोमार्फत पर्दामा देखिएका छन् ।
केही वर्ष अगाडि रेकर्ड गरिएको ‘मन्त्रीको सालो’ बोलको व्यंग्यात्मक गीतमा उनी आफैले समेत अभिनय गरेका छन् । स्वास्थ्य स्थितिमा केही सुधार भएपछि उनले सो भिडियोका लागि समेत केही दृश्यहरु दिएका छन् ।
मन्त्रीलाई घोचपेच गरिएको यस गीतका रचनाकार र गायक बुढा आफैको रहेका छ भने हरि लम्सालको संगीत छ । म्युजिक भिडियोमा दीपक आचार्यको निर्देशन, गोकुल अधिकारीको छायाँकन र अमन मानन्धरको सम्पादन रहेको छ ।
भिडियोमा माग्ने बुढासँगै दीपक आचार्य, विनोद राई (घ्याम्पे सुब्बा), बेगम नेपाली (भटभटे), दिनेश काफ्ले, सुबोध गौतम, सुनिता ठाकुर, भरत बस्नेतलगायतको अभिनय रहेको छ ।
व्यंग्यात्मक गीतको भिडियो यस्तो छ :

शुक्र, अशोज १४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...