प्रधानमन्त्री र बंगलादेशी टोलीबीच भेटवार्ता

काठमाडौं, असोज १४ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र बंगलादेशको पार्लियामेन्टरी स्ट्याण्डिङ् कमिटीकी सभापति तथा पूर्व परराष्ट्र मन्त्री डा. दिपु मुनीबीच आज भेटवार्ता भएको छ ।

आज भएके भेटमा पूर्व परराष्ट्र मन्त्री मुनीले प्रधानमन्त्री दाहाललाई बंगलादेश भ्रमणको निमन्त्रणा हस्तान्तरण गर्नुभयो ।

डा. दिपुले प्रधानमन्त्री दाहाललाई २२ अक्टोवरमा हुने बंगलादेश अवामी लिग पार्टीको राष्ट्रिय सम्मेलनमा आतिथ्यताको निम्तो दिनुभएको हो ।

साथै उहाले नेपाल र बंगलादेश बीचको सम्बन्ध मैत्रीपूर्ण रहेको बताउँदै आगामी दिनमा सहकार्यलाई अझ मजबूत बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।

जवाफमा प्रधानमन्त्री दाहालले नेपाल र बंगलादेश बीचको सम्बन्ध पुरानो र ऐतिहासिक रहेको भन्दै साझा मुद्धा र चुनौतिको मिलेर सामना गर्नुपर्ने बताउनु भयो ।

प्रधानमन्त्री दाहालले नेपाल राजनीतिक संक्रमणको अन्त्य गरी आर्थिक समृद्धि र विकासको चरणमा प्रवेश गर्न लागेको जानकारी पनि गराउनु भयो ।

शुक्र, अशोज १४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...