प्रेस सेन्टरको नयाँ नेतृत्व चयन आज


काठमाण्डौ ,१४ असोज ।

माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालको नयाँ नेतृत्व चयनका लागी निर्वाचन हुदैछ ।

राजधानीमा हिजोबाट सुरु भएको महाधिवेशन अन्तरगत आज नेतृत्व चयनका लागी निर्वाचन प्रक्रिया सुरु हुन लागेको हो ।

गएराति अबेरसम्म भएको बन्दशत्रले बिधान र राजनैतिक प्रतिवेदन पारित गरेको छ । बिधानमा संगठनलाई संघिय संरचना अनुसार रुपान्तरण गर्ने उल्लेख छ ।

नयाँ नेतृत्वका अहिलेसम्म तीन जनाले उमेद्वारी दिने तयारी गरेका छन् । अध्यक्षमा विष्णु सापकोटा ,बलराम थापा र सचिन रोक्काले उम्मेद्धवार घोषणा गरेका छन् ।

यद्धपि पार्टीले नेतृत्वका लागी सर्बसम्मतीको प्रयास गरिरहेकाले चुनावी प्रक्रियामा केहि ढिलाई हुने जनाईएको छ ।

महाधिवेशनबाट १ अध्यक्ष , १ वरिष्ठ उपाध्यक्ष , ३ खुल्ला उपाध्यक्ष ,समावेशि उपाध्यक्ष २ , महासचिव १ , उपमहासचिव १ र कोषध्यक्ष १ जना चयन हुनेछन् ।

महाधिवेशनमा ७ वटा प्रदेश , एयटा प्रतिष्ठानगरी ७ सय प्रतिनिधी र १ सय पर्यवेक्षक छन् ।

शुक्र, अशोज १४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया