आज सोह्र श्राद्धको अन्तिम दिन ,भोलीदेखि नौरथा

काठमाण्डौ ,१४ असोज ।

अश्वीन शुक्ल प्रतिपदाका दिन आज हिन्दु परम्परा अनुसार पितृ पक्ष अर्थात सोह« श्राद्ध सकिदैछ ।

गत आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको सोह« श्राद्ध अन्तरगत १६ ओटा तिथिमा पितृलाई पिण्ड तथा सिदा दान गर्ने गरिन्छ ।

आज अन्तिम दिन तिथि मिति थाहा नपाएका र अन्य कुनै कारणले श्राद्ध रोकिएका सबै मृतकको सम्झनामा श्राद्ध गर्ने चलन छ ।

सबै ज्ञात अज्ञात पितृको श्राद्ध गर्न सकिने भएकाले आजको दिनलाई सर्बपितृ मोक्ष औषि समेत भन्ने गरिन्छ । यसदिनलाई सोह« श्राद्धको सबैभन्दा महत्वपूर्ण दिन पनि मानिन्छ ।

आजको दिन काठमाण्र्डौको पशुपति , बराहाक्षेत्र ,रिणी ,देवघाट , जनकपुर मुत्तिनाथ , दामोदर कुण्ड , देवघाट लगायतका अन्य धार्मिक स्थलमा गएर श्राद्ध गर्ने चलन छ ।

सोह«श्राद्ध सकिएसँग भोलीबाट नौरथा सुरु हुनेछ ।

शुक्र, अशोज १४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया