सार्कको श्रेत्रीय सम्मेलन आज सकिदै

काठमाण्डौ ,१४ असोज ।
राजधानीमा जारी सार्क क्षेत्रिय स्तरको दुइदिने सम्मेलन आज सकिदैछ ।

हिजोदेखि सुरु भएको सम्मेलनले आगामी दिनमा सार्कलाई यस क्षेत्रबाट गरिबी निवारण, आतङ्कवाद नियन्त्रण, आन्तरिक अस्थिरता जस्ता सार्क मुलुकका समान समस्या र चुनौति समाधानका लागि उपयुक्त सुझाव दिने छ ।

सम्मेलनमा प्रस्तुत गरिएका ७ वटा कार्यपत्रमाथि रहेर सार्कको पछिल्लो तीन दशकको उपलव्धि, आर्थिक सहकार्य, विश्वासको वातावरण निर्माण जस्ता विषयमा विज्ञले अन्तक्र्रिया गर्नेछन् । सम्मेलनबाट निस्किएका निष्कर्षलाई सार्क शिखर सम्मेलनमा सुझावका रुपमा प्रस्तुत गरिनेछ ।

व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आयोजनामा सुरु भएको सो सम्मेलनमा मालदिभ्स, अफगानिस्तान बाहेक नेपालसहित यसका सदस्य राष्ट्रहरुको सहभागिता रहेको छ ।

सन् २०१४ मा काठमाडाँैमा सम्पन्न सार्कको १८ औँ शिखर सम्मेलनबाट नेपालले सार्कको अध्यक्षता ग्रहण गरेको थियो ।

शुक्र, अशोज १४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया