सिरीयाली सेनालाई समर्थन जारी राख्ने रुसको घोषणा

एजेन्सी असोज १४ । रुसले सिरीयाली सरकार र सेनालाई आफ्नो समर्थन रहेकाले विद्रोही तथा आतकवादी नियन्त्रित क्षेत्रमा हवाई आक्रमण जारी राख्ने घोषणा गरेको छ ।

अमेरीकाले रुसी हवाई आक्रमण रोक्नु पर्ने अपील गरे पछि रुसी राष्ट्रपति कार्यलयका प्रवक्ता दिमित्री पेशकोवले यस्तो जानकारी सार्वजनिक गर्नु भएको हो ।

पेशकोवले उदारवादी विद्रोही र आतंकवादीलाई अलग गर्न अमेरीकालाई आग्रह गर्नु भएको छ ।

अमेरीकी विदेश मन्त्री जोन केरीले एलेप्पोमा रुसी आक्रमण जारी रहेकाले यस्तो अवस्थामा वार्ताको औचित्य नहुने चेतावनी दिनु भएको छ ।

शुक्र, अशोज १४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया