नेपाली भाषा परिवर्तनबारे गलत प्रचारबाजी भयो :प्रज्ञा प्रतिष्ठान

काठमान्डौ असोज १३ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा परिवर्तनबारे गलत प्रचारबाजी भएको बताएको छ ।

आज पत्रकार सम्मेलन गरी प्रतिष्ठानले नेपाली भाषालाई सरलीकृत गर्ने उद्देश्यले केही बैकल्पिक व्यवस्था गर्न खोजिएको भएपनि यसबारे गलत प्रचारबाजी भएको जनाएको हो ।

प्रतिष्ठानले नेपाली भाषाका कतिपय पक्षहरुमा देखिएको अन्यौल हटाउन विज्ञहरुसँग छलफल गरी अघि वढ्ने स्पष्ट पादै गलत प्रचार नगर्न पनि आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भाषा विज्ञहरुसँगको छलफलबाट पछिल्लो समय नेपाली भाषाको सन्दर्भमा देखिएको अन्यौलको अन्त्य गरिने बताउनुभयो ।

कुलपति उप्रेतीले विशेष गरी ‘द’सँग जोडिएको संयुक्त व्यञ्जनवर्णलाई मात्रै परिवर्तन गर्न खोजिएको भएपनि यसको बारेमा अन्यौल सृजना गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभयो ।

बिहि, अशोज १३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया