धरान उपमहानगरपालिकालाई फोहोर उपहार

धरान ,१३ असोज ।

बर्षैदेखीको फोहोरका कारण समस्यामा परेका सुनसरीको बक्लौरीबासीले आज धरान उपमहानगरपालिकालाई फोहोर उपहार दिएका छन्
फोहोरका कारण समस्यामा परेका सुनसरीको बक्लौरीबासीले आज धरान उपमहानगरपालिकालाई फोहोर उपहार दिएका छन् ।

भरौलबासीहरुको स्तन्त्र र्संगठन नेपाल राष्ट्रिय स्वतन्त्र किसान मोर्चाले उपमहानगरपालिकालाई पटक पटक ज्ञापनपत्र बुझाएपनि चासो नदिएपछि बा्ध्य भएर आज उपमहानगरपालिाकालाई फोहोर उपहार दिएका हुन् ।

को १ त ५३८१ नम्बरको ट्याक्टरमा ल्याएका फोहोरसहित उनीहरुले धरानमो छाताचौकबाट जथाभावि फोहोर फाल्न पाइदैन, धान खेत जोगाऔ जस्ता नारा लगाएर धरान उपमहानगरपालिकाको प्रांगरणमा लगेर फोहोर ट्याक्टरबाट फोहोर खन्याएका थिए ।
फाहोर फाल्ने विषयमा धरान उपमहानगरपालिका र बक्लौरीबासीबीच एकछिन विवाद भएको थियो ।

बक्लौरीबासीले फोहोर प्रांगरणमै फाल्ने अडान लिएको थियो भने धरान उपमहानगरपालिकाले भने उपमहानगरपालिकाको अर्को फोहोर बो्रक्ने ट्याक्टरमा राख्न अनुरोध गरेको थियो । धेरै विवादपछि भरौलबासीले फोहोर प्रांगरणमै फालेका थिए ।
बाईट १
बर्षातको कुनै प्रवाह नगरी ¥यालीसहित गएका उनीहरुले आफूहरुले धरान उपमहानगरपालिकालाई पटक पटक ज्ञानपनपत्र बुझाउन समेत चासो नदिएको कारण फोहोर उपचार दिएको बताएका छन् ।
संघर्ष समितिका अध्यक्ष पुष्प प्याकुरेलले फोहोर दिएको तीनदिनभित्र पनि समस्या समाधान नभए सम्पूर्ण बक्लौरीबासीले धरान उपमहानगरपालिका घेराउ गर्ने चेतावनी दिनुभयो ।

प्याकुरेलले धरानबाट सर्दु र खर्दुबाट मानिसको लासदेखि लेडिजले लाउने ब्राा, सिरिञ्ज, जुत्ता चप्पल, प्लाटिकका बोतल लगायतका सम्पूर्ण फोहोर पुग्दा त्यहाको धान खेतको उब्जनी घट्नुको साथै चौपयासमेत रोगका कारण मर्ने गरेको बताउनुभयो ।

फाहोर बुझिसकेपछि धरान उपमहानरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले धरान उपमहानगरपालिका बक्लौरीबासीको समस्यामा गम्भीर हुदा हुदै सर्वसाधारणले जथाभावि फ्याकेको फोहोर बक्लौरीमा पुग्ने बताउदै पन्छिन खोज्नुभयो । उहाले यस विषयमा धरान उपमहानगरपालिकाले सर्वदलिय छलफल गरेर चाडै समस्या समाधान गर्ने आन्दोलनकारीहरुलाई आश्वासन दिनुभयो ।
बक्लौरीबासीले भने धेरैपटक धरान उपमहानगरपालिकालाई जानकारी गराउदा आश्वासन बाहेक केही नदिएकोले अब भने आफूहरुको आन्दोलन अन्तिम चरणमा पु¥याउने चेतावनी दिएका छन् ।

बिहि, अशोज १३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...