सर्जिकल अप्रेसन भ्रम भएको पाकिस्तानी सेनाको जवाफ


एजेन्सी असोज १३ । भारतीय सेनाले पाकिस्तानसग‘को सिमा क्षेत्रको नियन्त्रण रेखा पार गरेर ३८ जना संदीग्ध आतंकवादीलाई मारेको दावी गरे पनि त्यो झुट्टो भएको पाकिस्तानी सेनाले बताएको छ ।
सेनाले एक वक्तव्य जारी गरी एलओसीबाट भारतीय सेनाले मोर्टार, गोली हानेको र २ जना पाकिस्तानी सेनाको मृत्यु भएको तर त्यस्तो सर्जिकल अप्रेसनको झुट्टो विवरण दिएर जनतालाई भ्रम फैलाएको भनिएको छ ।
पाकिस्तानको ईन्टर सर्भिस पव्लिक रिलेसन कमिटिले एलओसीमा भारतले युद्ध विरामको उलंघन गर्दै आक्रमण गरेको र देशका २ जना सैनिकको मृत्यु भएको जनाएको हो ।
पाकिस्तानी रक्षा मन्त्री खावाजा असीफले भीडन्तमा ९ सेना घाईते भएको पनि जानकारी दिनु भएको छ । पाकिस्तानी सेनाले साना हतियार मात्र प्रयोग गरेको उहाले बताउनु भयो ।

आज विज्ञप्ति जारी गरी समितिले जम्बु कास्मीरको भिम्बेर ईलाकामा स्थानीय समय अनुसार राति साढे २ बजेदेखि भीडन्त शुरु भएको र बिहान ८ बजेसम्म चलेको जानकारी दिएको छ ।
तर पाकिस्तानी सेनाले भारतले सर्जिकल स्ट्राईकको बारेमा दिएको विवरण झुट्टो भएको दावी गरेको छ ।

साथै विज्ञप्ति मार्फत सेनाले यदी पाकिस्तानी भूमिमा सर्जिकल अप्रेसन भएको भए वा भएमा त्यस्तै अप्रेसन भारतीय भूमिमा गर्ने सन्देश दिएको छ ।
भारतीय सेनाका डिजिएमओ रणवीर सिंहले सर्जिकल स्ट्राईक एलओसी क्षेत्रमा रहेका सदिग्ध आतंकवादीहरुलाई निस्तेज पार्न गरिएको र सेना सफल भएको जिकिर गर्नु भएको थियो ।

सर्जिकल स्ट्राईक अप्रेसनको नाममा भारतीय सेनाले एक घण्टा भित्र ३८ जना मारेको दावी सेनाले गरेको थियो ।
पाकिस्तानसग‘को सिमा क्षेत्र २३ सय १३ किलो मिटर लामो मध्य सात सय ७२ किलो मिटर जम्बु कास्मीरमा एलओसी अन्तर्गत पर्दछ ।

यसैबीच पाकिस्तानी प्रधानमन्त्री नवाज सरीफले भारतले एलओसीमा गरेको आक्रमणको निन्दा गर्नुभएको छ । उहाले आक्रमणमा मृत्यु भएका २ सेना सहिद भएको भन्दै श्रदाञ्जली व्यक्त गर्नुभयो । ।

पाकिस्तानी टिभीका अनुसार प्रधानमन्त्री सरीफले भारतले पाकिस्तान विरुद्ध खुल्ला अत्याचार गरीरहेको र शान्ति कायम गर्ने आफूहरुको प्रयासलाई कमजोरी नठान्न चेतावनी पनि दिनु भएको छ । उहाले सिमा क्षेत्रको रक्षा गर्न पाकिस्तानी सेना तयार रहेको बताउनु भएको छ ।

बिहि, अशोज १३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विदेश समाचार