बजेट आश्रित विधेयकमाथि भोलीबाट छलफल शुरु हुने

काठमान्डौ असोज १३ । व्यवस्थापिका संसदको बैठकमा आज सरकारले चालु आर्थिक वर्षको बजेटसँग सम्बन्धित तीन वटा विधेयक पेश गरेको छ ।

नयावानेश्वर स्थित संसद भवनमा बसेको बैठकमा सरकारका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक विधेयक , राष्ट्रिय ऋण उठाउने र “ऋण तथा जमानत(एक्काईसौं संशोधन) विधेयक प्रस्तुत गर्नुभयो ।

आश्रित विधेयक माथि विचार गर्ने प्रस्तावलाई बैठकले स्वीकृत गरेसँगै सभामुख ओनसरी घर्तीले विधेयकहरु माथिको दफाबार छलफलका लागि भोलि असोज १४ का लागि तोक्नुभएको छ ।

सदनमा विधेयकहरु प्रस्तुत गर्दै उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले विगतमा विशेष राजनीतिक अवस्थाले गर्दा फेल हुन पुगका बजेटसँग सम्बन्धित आश्रित विधेयकहरुलाई कुनै परिवर्तन नगरि पुनः प्रस्तुत गरिएको जानकारी दिनुभयो ।

उहाले सांसदहरुका लागि सरकारले बढाएका सेवा सुविधाहरु अर्थमन्त्रालयले स्वीकृत गरिसकेको र बाँकी कार्यान्वयनका लागि संसदीय व्यवस्था मन्त्रालयले गर्ने पनि बताउनु भयो ।

सदनको दोस्रो बैठक शुरु हुने बित्तिकै समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद प्रेम किशोरप्रसाद शाहले सन्चारमाध्यममा आएजस्तो सांसदहरुले बढेको सुविधा पाउन नसकेको भन्दै सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।

सो प्रस्ताव माथिको सामान्य छलफलका क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसदहरु रबिन्द्र अधिकारी, पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृष्णभक्त पोखरेलले राजनीतिक परिस्थीतीका कारण विगतमा फेल गरेपनि अहिले त्यही विधेयकहरु पारितका लागि सदनमा ल्याउँदा गलत नजिर बस्ने बताउनु भएके थियो ।

तर विगतको सरकारकाले नै प्रस्तुत गरेको आश्रित विधेयकहरुलाई वर्तमान अर्थमन्त्रीले निरन्तरता दिएकाले धन्यवाद दिन चाहेको पनि उहाको भनाई थियो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले तत्कालीन सरकारको सहयात्री दलले नै अविश्वासको प्रस्ताव ल्याउनु आश्चर्यको कुरा भए पनि कांग्रेसले सरकार ढाल्न सफल भएको बताउनु भयो । छलफलमा भाग लिने अधिकांश सांसदहरुले विगतका दिनमा आश्रित विधेयकलाई फेल गरिनु ठिक नभएको बताएका थिए ।

यसैबीच छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिंदै उपप्रधान एवं अर्थमन्त्री महराले विगतको सरकारले प्रस्तुत गरेको बजेटको अन्तरबस्तुमा आफूहरुको विरोध नभए पनि तत्कालीन सरकारसँग अविश्वासको वातावरण बढ्दै गएकाले नै आश्रित बजेट फेल हुन पुगेको बताउनु भयो ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ल्याएको तीन वटा विधेयक नेकपा माओवादी केन्द्र सहितका केहि दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अन्तिम समयमा आएर संसदले अस्विकृत गरेको थियो । आर्थिक वर्ष सुरु हुन अगावै संसदले विभिन्न मन्त्रालयगतको विनीयोजन विधेयक भने यसअघि नै पारित गरिसकेको छ ।

यस्तै आजको बैठकले शिक्षा मन्त्री धनिराम पौडेलले “राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७३”लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस” भनी राखेको प्रस्तावलाई पनि सर्वसम्मतीले स्वीकृत गरेको छ ।

त्यस्तै बैठकले उद्योगमन्त्री नविन्द्रराज जोशीद्वारा प्रस्तुत “औद्योगिक व्यवसाय विधेयक, २०७३”लाई पनि बहुमतले पारित गरेको छ । संसद अर्को बैठक भोलि बिहान ११ बजे पुन बस्ने छ ।

बिहि, अशोज १३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार