सरकारले मनमोहन प्रतिष्ठान विधेयक फिर्ता लियो

काठमाण्डौ १३ असोज ।

सरकारले मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक फिर्ता लिने समेत निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रीपरिषदको बैठकले संसदमा विचाराधीन अवस्थामा रहेको विधेयक फिर्ता लिने र राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान (न्याम्स) को नाम परिवर्तन गरी ‘मनमोहन स्मृति स्वास्थ्य विज्ञान प्रतिष्ठान’ राख्ने निर्णय गरेको हो ।

नवौं पटक अनशनमा बस्नुभएका डाक्टर गोविन्द केसीसंगको सम्झौता कार्यान्वयन स्वरुप सरकारले कलेजको सम्बन्धनकालागि अघि बढेको बिधेयक फिर्ता लिने र न्याम्सको नाम परिवर्तन गरी मनमोहन स्मृति राष्ट्रिय विज्ञान प्रतिष्ठान राख्ने निर्णय गरेको सरकारका प्रवक्ता सुचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिनुभयो ।

डाक्टर केसीको काठमाडौं उपत्यकामा नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने प्रमुख माग बिपरीत एमाले सम्बद्ध नेताहरुले यसअघि मेडिकल कलेजको सम्बन्धनका लागि ओली नेतृत्वको सरकारलाई पटकटपक दबाब दिएका थिए ।

यस्तै बैठकले अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारमा पुण्य प्रसाद रेग्मीलाई नियुक्त गर्ने र यसअघि संसदबाट अस्विकृत राष्ट्र ऋण उठाउने विधेयक संसदमा पेस गर्ने निर्णय गरेको छ ।

बिहि, अशोज १३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...