अर्थमन्त्रीले आर्थिक विधेयक संसदमा पेश गर्ने क्रम जारी

काठमान्डौ असोज १३ ।
व्यवस्थापिका संसदको जारी बैठकमा अहिले चालु आर्थिक वर्षको बजेटसँग सम्बन्धित तीन वटा विधेयक पेश भईरहेको छ ।

नयावानेश्वर स्थित संसद भवनमा जारी बैठकमा सरकारका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले विधेयक प्रस्तुत गरिरहनु भएको छ ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ल्याएको तीन वटा विधेयक राष्ट्रिय ऋण उठाउने, ऋण तथा जमानत र आर्थिक विधेयक अन्तिम समयमा आएर संसदले अस्विकृत गरेको थियो ।

नेकपा माओवादी केन्द्र सहितका केहि दलले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिदै विधेयकको विपक्षमा मतदान गरेपछि सो विधेयक अस्विकृत भएको थियो ।
आर्थिक वर्ष सुरु हुन अगावै संसदले विभिन्न मन्त्रालयगतको विनीयोजन विधेयक भने पारित गरिसकेको छ ।

उता प्रमुख प्रतिपक्षी दल एमालेले भने ती विधेयक जस्ताको तस्तै प्रस्तुत भए मात्रै समर्थन जनाउने एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिनु भयो ।

बिहि, अशोज १३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया