आश्रित विधेयक पेश गर्न संसदद्धारा नियम निलम्बन

काठमाडौं, १३ असोज ।

व्यवस्थापिका संसदले बजेट आश्रित विधेयकहरु प्रस्तुत गर्नका निम्ति बाधा पार्ने संसद नियमावली निलम्बन सम्बन्धि प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

संसद नियमावली, २०७३ को नियम २५९ बमोजिम उक्त नियमावलीको नियम ११४ को उपनियम (१), नियम ११९, नियम १२०, नियम १२७ को उपनियम(१) नियम १४२ र नियम १५६ को उपनियम (१)लाई निलम्बन गरेको हो ।

बैठकमा माओवादीका प्रमुख सचेतक टेक बहादुर बस्नेतले नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ तथा राप्रपाका प्रमुख सचेतक पर्शुराम तामाङ्गको समर्थन उक्त नियम निलम्बनको प्रस्ताव प्रस्तुत गर्नुभएके थियो ।

प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले भने नियम निलम्बनको प्रस्तावको विपक्षमा मतदान गरेको थियो । निलम्ब प्रस्ताव माथिको सामान्य छलफलका क्रममा एमालेका सांसद राजेन्द्र प्रसाद पाण्डेले नियम निलम्बनको प्रस्तावको विपक्षमा मतदान गर्ने जनाउनु भएके थियो ।

संसद नियमावलीमा एउटै अधिवेशनमा फेल भइसकेको विधेयकलाई पुनः प्रस्तुत गर्न नमिल्ने व्यवस्था रहेकाले नियम निलम्बन गरिएको हो । नियम निलम्बन गरे लगत्तै बैठक आधा घण्टाको लागि स्थगित गरिएको छ ।

बिहि, अशोज १३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया