दलहरुबीचको असमझदारीले संविधान कार्यान्वयन कठिन : केसी

विराटनगर, असोज १३ ।

शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले प्रमुख दलबीचको असमझदारीका काराण् संविधानको कार्यान्वयनमा कठिनाई आएको बताउनु भएके छ ।
प्रेस युनियन मोरङले विराटनगरमा गरेको र कार्यक्रममा बोल्दै उहाले सबै दलहरुबीच सहकार्य बीना स्थानीय निकायको चुनाव र संबिधान कार्यान्वयन कठिन रहेको बताउनु भयो ।

अझै दलहरुबीच दुरी बढ्दै गए संविधान कार्यान्वयन गर्न कठिन हुने उहाको भनाई छ । संविधान जारी गर्दा एक भएका दलहरु संविधान कार्यान्वयनका लागि पनि एकजुट हुनुपर्नेमा केसीले जोड दिनुभयो ।

कार्यक्रममा यसवर्षको रमाप्रसाद मायादेवी रिजाल पत्रकारिता पुरस्कार पत्रकार अजित तिवारीलाई प्रदान गरिएको थियो ।

बिहि, अशोज १३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया