सार्क वडापत्र संसोधन गरी अघि बढ्नुपर्ने प्रमको भनाई

काठमाण्डौ ,१३ असोज ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सार्कको वडापत्र वडापत्र संशोधन गरी नयाँ ढङ्गले अघि बढ्नुपर्ने बताउनु भएको छ ।
सार्क क्षेत्रीय सम्मेलनको राजधानीमा आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सार्कको प्रभावकारिताबारे चौतर्फी आलोचना भइरहेकोले वडापत्र संशोधनगरि अघि बढ्नुपर्ने बताउनु भयो ।

सार्क औपचारिकतामा मात्रै सिमित हुने डर जनमानसमा बढ्दै गएकोले यसका संयन्त्रहरुको पुनर्संरचना समेत गनुपर्नेमा उहाले जोड दिनुभयो ।

प्रधानमन्त्रीले सार्कको प्रभावकारीताका लागी भ्रमहरु चिर्न सार्क राष्ट्र सक्षम हुनुपर्ने उल्लेख गर्नुभयो ।

यस्तै कार्यक्रममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सार्क मुलुकहरुबीच यसअघि भएका सहमति सम्झौता कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

पूर्व परराष्ट्रमन्त्री सुजाता कोइरालाले अहिलेको अवस्थामा सार्कको औचित्यमाथि नै प्रश्न उठन थालेको चर्चा गर्दै अझै प्रभावकारी बनाउन तर्फ लाग्न पर्ने बताउनु भयो ।

बिहि, अशोज १३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...