संविधानमा सबैका समान अधिकार स्थापित गर्नु पर्छ : मन्त्री यादव

काठमान्डौ असोज १३ ।
शान्ति तथा पुनर्निर्माण मन्त्री सीतादेवी यादवले मुलुकमा दिगो शान्ति कायम गर्न संविधानमा सबैका समान अधिकार स्थापित गर्नुपर्ने स्पष्ट पार्नु भएको छ ।

बडा दसैं, तिहार र छठ पर्वका अवसरमा नेपाली कांग्रेस वीरगन्ज नगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सो कुरा बताउनु भएको हो ।

मन्त्री यादवले संविधानका विषयमा दलहरुबीच देखिएको मतभेद संविधान संशोधन गरी समाधान गर्नुपर्ने बताउनु भएको छ । राजनीतिक समस्या समाधान गरी मुलुकलाई निकास दिन सरकार प्रतिबद्ध रहेको समेत उहाँले उल्लेख गर्नूभयो ।

विभेदरहित समाज निर्माणमा सबै राजनीतिक दलको साझा प्रयास आवश्यक रहेको भन्दै उहाँले मुलुकलाई समृद्ध बनाउन एकजुट हुनुको विकल्प नभएको समेत उल्लेख गर्नु भयो ।

बिहि, अशोज १३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य प्रमुख खबर समाचार