राजधानी प्रेस सेन्टर नेपालको महाधिवेशन आजदेखि

काठमान्डौ असोज १३ ।
आजदेखि राजधानीमा  प्रेस सेन्टर नेपालको महाधिवेशन शुरु हुँदैछ ।
विभिन्न पार्टी आवद्ध भएर नेकपा माओवादी केन्द्र बनेपछि त्यस पार्टी निकटका पत्रकारहरुको एकताको प्रथम महाधिवेशन आज देखि हुन लागेको हो ।

महाधिवेशनको राष्ट्रिय सभागृहमा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुहुने महाधिवेशन आयोजक समितिका संयोजक गोविन्द आचार्यले जानकारी दिनुभयो ।

बन्द सत्र आजै दिउँसो २ बजेदेखि बबरमहलस्थित एक पार्टी प्यालेसमा हुने आयोजक समितिले जनाएको छ ।महाधिवेशनमा झण्डै ५ सय जना प्रतिनिधि सहभागी हुने जनाइएको छ ।

भोलि नयाँ कार्यसमिति चयन गर्दै महाधिवेशन सकिनेछ । ९५ जनाको हुने कार्यसमितिमा ९० जना निर्वा्चित हुने र बाँकी ५ जना मनोनित हुने प्रावधान छ । अध्यक्ष पदका लागि सचिन रोका, विष्णु सापकोटा र बलराम थापाले उम्मेदवारी दिनुहुने तयारी छ ।

बिहि, अशोज १३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter