आजदेखि पश्चिम नेपालको अग्रिम टिकट बुकिङ खुल्ला

काठमान्डौ असोज १३।
आज देखि दसैँका लागि पश्चिम नेपाल बस व्यवसायी संघ बुटवल रुपन्देहीले अग्रिम टिकट बुकिङ्ग खुल्ला गरेको छ । लामो र छोटो दूरीमा जाने सबै यात्रुले संघका आधिकारीक काउन्टरमा गई अग्रिम टिकट बुकिङ्ग गर्न सक्ने संघले जनाएको छ ।

संघले लामो र छोटो दूरीमा गरी दैनिक ११ सय ५० बस सञ्चालन गर्दै आएको छ । दसैँमा यात्रुको चापलाई ध्यानमा राखी थप बस सञ्चालन गर्ने सकिने संघले बताएको छ । ठगिनबाट जोखिन आग्रह गर्दै संघले काउन्टरबाटै टिकट लिन यात्रुहरु सँग आग्रह गरेको छ ।

लामो दूरीमा पोखरा बाग्लुङ्ग–बुटवल, बुटवल–काँकडभित्ता, काठमाडौं, जनकपुर, गौर र पहाडी जिल्ला गुल्मी, अर्घाखाँची, स्याङ्गजा, रुकुम रोल्पा, दाङ लगायतका जिल्लामा यात्रुको चाप बढी हुने गर्दछ ।

बिहि, अशोज १३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...