संसदमा आज तीनवटा आर्थिक विधेयक संसदमा पेश हुदै

काठमान्डौ असोज १३ ।
व्यवस्थापिका संसदको बैठक आज बस्दै छ । बैठक नयावानेश्वर स्थित संसद भवनमा दिउसो २ बजे पछि बस्ने छ ।

आजको बैठकमा सरकारले चालु आर्थिक वर्षको बजेटसँग सम्बन्धित तीन वटा विधेयक पेश गर्ने कार्यसुचि रहेको छ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ल्याएको तीन वटा विधेयक राष्ट्रिय ऋण उठाउने, ऋण तथा जमानत र आर्थिक विधेयक अन्तिम समयमा आएर संसदले अस्विकृत गरेको थियो ।

नेकपा माओवादी केन्द्र सहितका केहि दलले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिदै विधेयकको विपक्षमा मतदान गरेपछि सो विधेयक अस्विकृत भएको थियो । आर्थिक वर्ष सुरु हुन अगावै संसदले विभिन्न मन्त्रालयगतको विनीयोजन विधेयक भने पारित गरिसकेको छ ।

आजको बैठकमा ओली सरकारले प्रस्तुत गरेको विधेयकमा सामन्य रुपमा हेरफेर गरी संसदमा प्रस्तुत गर्ने अर्थमन्त्रालयको तयारी छ ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले एमाले शीर्ष नेतृत्वको छलफलमा पुरानै विधेयकलाई संसदमा पेश गर्ने आश्वसन दिनु भएको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिनु भयो । वजेटसँग आश्रित ती विधेयक जस्ताको तस्तै आए एमालेले समर्थन गर्ने ढकालले बताउनु भएको छ ।

यद्यपी ती विधेयक संसद सचिवालयमा दर्ता नभएकाले आजै दर्ता सहित संसदमा प्रस्तुत गर्न केही नियमावली निलम्बन गर्ने तयारी समेत सरकारले गरेको छ । विधेयक परिपक्क हुन आवश्यक पर्ने समय, संशोधन दर्ता, संसदमा छलफल लगायतसँग सम्बन्धित नियमावली निलम्बन गरेर ती विधेयक दशै अघि पारित गर्ने तयारी संसद सचिवालयले गरेको छ ।

बिहि, अशोज १३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया