अनैतिक सम्बन्ध लुकाउन आमाले खुइल्याईन् छोरो (भिडियो सहित)

एजेन्सी ,१३ असोज ।

कोहि नजानेरै नबुजेरै अन्धबिश्वासको जालमा फस्छन भने कोहि आफ्नो कमजोरी कतुर्त लुकाउन अन्धविश्वासको सहरा लिन्छन् । तान्त्रिक या बाबाको सहयतामा मानविय संबेदना नै भुलेर मान्छेको हृदय नै काप्ने जघन्य अपराध गर्छन् ।

भारतमा यस्तै एक हृदयबिदारक आपराधिक घटना सार्वजनिक भयो ,जब हैदरावाद पुलिसले तान्त्रिकलाई पक्राउ गर्यो ।

भुत भगाउने नाममा उम्लदै गरेको पानि एक मासुम बच्चामाथि खन्याईयो । एक पटक हैन बार बार , बच्चा चिच्याईरहेको छ ,हार गुहार मागिरहेको छ तर उसमाथि जग ,बाल्टी र बाटाबाट क्रमश तातो पानी हालिदैछ । यस्तो कतुर्त गर्ने अरु कोहि होईन उसैलाई जन्म दिने आमा हुन् ।

सुरुमा बालकलाई कालो कपडाले आखा बाधेर नाङगै राखिनछ । अनी तान्त्रिकले आखा खोल्न भन्छन् । त्यसपछि आखा खोलेर उनलाई कुर्सिमा राखि आफ्नै आमाले उम्लिएको तातो पानीमा खुट्टा डुवाउछिन् । त्यतिले मात्र बालकमाथिको अत्याचार रोकिन्न । क्रमश पानी शरिरमा फाल्ने , टाउकोबाट खन्याउने क्रम जारी रहन्छ । पुरै बाटि ,अनी भरि बाटाको पानी पनि खन्याउछिन आमाले । बच्चाको शरिर कालो भईसकेको हुन्छ । उनी गुहार मागेर चिच्याईरहन्छन् ।

यस्तो कुकृत्य भएको थापा पाएपछि ती बालका बाबुले हैदरावाद प्रहरीलाई खबर गरे र तान्त्रिक पक्राउ पर्यो । त्यसपछि मात्रै घटनाको सत्यता बाहिर आयो । आमाले किन आफ्नै बालख छोरोमाथि त्यस्तो अत्याचार गरिन ।

ती महिलाको तान्त्रिक सँग अनैतिक सम्बन्ध थियो । उनका पति बाहिर जागरि खाने हुदा घरमा खासै रहदैन थिए । एक दिन छोराले आमा र तान्त्रिकको राजलिला देख्यो । उसले त्यसको बिरोध जनाउदै बाबालाई सुनाईदिने जनायो ।

तान्त्रिक र आमा मिलेर सम्झाए ,धम्क्याए । तर उसले बाबुलाई भन्छ नै भन्ने अनुमान लगाएर सबै प्रमाण हटाउने निर्णय गरे । त्यसपछि भुत लागेको बहानामा बच्चामाथि अत्याचार सुरु भयो ।

प्रहरीसमक्ष तान्त्रिकले ती महिलासँग आफ्नो लामो समयदेखि अनैतिक सम्बन्ध रहेको स्वीकार गरेका छन् । उनले आफुहरुको सम्बन्ध बच्चाले देखेपछि प्रमाण मेटाउन उसलाई तातोपानीले जलाएको स्वीकार पनि गरेका छन् ।

तान्त्रिक र आफ्नै आमाको आपराधिक हर्कतबाट सिकार भएका ती बालक अहिले आफ्नै बाबुसँग रहेका छन् । उनलाई तत्काल अस्पताल लगियो र उपचार सफल भयो तर उनको शरिरमा पानीले डडेको कालो टाटा ,दागहरु छन् ।

हैदरावाद प्रहरीले एकै पटक १६ जना तान्त्रिकलाई भिभिन्न स्थानबाट पक्राउ गरि कार्वाहि चलाएको छ । ती ढोगी तान्त्रिक मध्ये केहि खजनाको लोभ देखाएर त कहि अन्धविश्वासका नाममा आपराधिक घटनालाई बढावा दिदै आएका थिए । केहिले महिलाहरुलाई तन्त्रमन्त्रमा फसाएर बलात्कार गरेको प्रहरीको भनाई छ ।

हेर्नुस् भिडियो। 

( भिडियो स्रोत :abp tv -india )

बिहि, अशोज १३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य खोज खबर समाचार