सुनसरीको धरानमा आगलागी लाखौको क्षती

 धरान असोज १२ ‘ सुनसरीको धरानमा आगलागी हुदा लाखौको क्षती भएको छ ।
धरान ९ स्थित गौतम पथमा अहिले केहीबेर अगाडी भएको आगलागीमा परि लाखौको क्षती भएको हो ।

स्थानीय नरबहादुर राईको घरमा रहेको बुढासुब्बा अन्डा पसलमा ग्यास पडकिएर आगलागी हुदा लाखौ बराबरको क्षती भएको हो ।

आगलागीबाट संगै रहेको ६ बटा बिभिन्न पसलहरु समेत जलेका छन आगलागीबाट के कति क्षती भयो भने यकिन तथ्याङ नआएपनि क्षतीको बिबरण संकलन भईरहेको सुनसरी धरान प्रहरीले जनाएको छ ।

आगलागीबाट कृष्ण श्रेष्ठको बंगुरको मासु पसल कुखुरा पसल, कबिता शाक्यको साईकल पसल, कल्पना बास्तोलाको मासु पसल लगायतमा क्षती पुगेको छ । आगलागीको बिस्तृत बिबरण आउन बाकी रहेको छ ।
आगो धरान तथा ईटहरी आएको दमकल, शसस्त्र प्रहरी र स्थानीय बासी को सहयोगमा नियन्त्रणमा लिइएको छ ।

बुध, अशोज १२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...