आफूखुसी संविधान संशोधन गरे प्रतिबाद गर्ने चेतावनी

दाङ ,१२ असोज ।
पूर्व प्रधानमन्त्री एवम् एमाले नेता माधवकुमार नेपालले आफूखुसी संविधान संशोधनको प्रयास भए एमालेले त्यसको प्रतिबाद गर्ने चेतावनी दिनुभएके छ ।

दाङको तुलसीपुरमा आजबाट शुरु भएको नेकपा एमाले दाङको १२ औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उहाले दलहरुबीच छलफल र सहमति नभई संविधान संशोधन हुन नसक्ने बताउनु भयो ।

सरकारले केही मधेसवादी दलहरुको माग पूरा गराई सत्ता लम्ब्याउने प्रयास स्वरुप संविधान संशोधनको प्रयास गरिरहेको उहाले आरोप छ ।
राष्ट्रिय सहमतिका साथ देशलाई निकास दिने सवालमा भने एमाले कहिलै बाधक नबनेको भन्दै नेता नेपालले संविधान कार्यान्वयका लागि स्थानिय निकाय र प्रान्तीय निर्वाचन माघ ७ गतेभित्र गरिसक्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा एमाले उपाध्यक्ष युवराज ज्ञावली, उपमहासचिव तथा ५ नं. प्रदेश इन्चार्ज विष्णु पौड्ेल, पूर्व सञ्चारमन्त्री शंकर पोख्रेल, लषयतले संबिधान कार्यान्वयनप्रति सरकार गम्भिर नभएके आरोप लगाएका थिए ।

बुध, अशोज १२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया