दसैंअगावै संविधान संशोधन गर्न सरकार क्रियासिल : केसी

विराटनगर, असोज १२ ।
सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले दशै अगावै संविधान संशोधन गर्ने विषयमा दलहरुसँग छलफल भइरहेको बताउनु भएको छ ।

विराटनगरमा आज सन्चारकर्मीसँग कुराकानी गर्दै उहाले दलहरुकै सहमतिमा दसैंअगावै संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने गरी सरकार क्रियासिल रहेको बताउनु भयो ।

मन्त्री केसीले संविधानलाई सर्वस्वीकार्य बनाउनका लागि असन्तुष्टका मागलाई पूरा गर्न संशोधन आवश्यक रहेको भन्दै संविधान कार्यान्वयनका लागि मधेसी, आदिवासी जनजातिको मागप्रति सरकार गम्भीर रहेको बताउनु भयो ।

तीन तहको निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेकाले निर्वाचन हुनेमा ढुक्क रहन सबैमा आग्रह गर्दै निर्वाचन नभएमा मुलुकमा संवैधानिक संकट उत्पन्न हुने भएकाले २०७४ माघभित्रै तीनओटै तहको निर्वाचन सम्पन्न हुने बताउनु भयो ।

बुध, अशोज १२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार