तिमि जिद्दी नगर -म तिम्रो गुरु बन्न सक्दिन

शोभा गजुरेल

तिमि कसरी बद्लियौ ? यो उसको प्रस्न थियो,सायद उसलाई थाहा नै छैन मान्छे किन बदलिन्छ । म चुपचाप बसे फेरि प्रस्न गर्यो तिमि यति निडर कसरि बनौ , कसले सिकायो यो तिमीलाई ? उ सोच्ने गर्थ्यो निडर हुन कसैसग सिक्नु पर्छ । उसले यहि जानेको छ, उसले सधै अर्काले सिकाएरै सबै काम गर्न सिक्यो । गुरुले पढाए पढ्न सिक्यो । बाबु आमाले माया दिए माया गर्न सिक्यो आदि इत्यादी ।

उ भन्दै थियो , अब उसलाई निडर हुन सिक्न मन छरे , उसलाई पनि बदलिने मन छरे , तर उसलाई यो कसले सिकाउछ त्यो मान्छे खोज्दै छ रे । त्यसैले उ मसग आज यी गुरुको बारेमा जान्न आयको रे । उ फेरि प्रस्न गर्छ । यो कहाँ सिकेउ ? म बोल्न चाहन्नथे उसका प्रस्नहरु सुन्दा म सान्त बस्न चाहन्थे । उ दयालु स्वरमा बोल्दैछ कसरि उसलाई म कडा उतर दिउ । म यहि सोच्दै थिए । अब फेरि उसले अर्को प्रस्न गर्यो , यो संघर्सहरुको समाधान के कसरी सफल पार्ने आदि इत्यादी । हिसाब किताब निकाल्न चाहन्छ उ । तर म उसलाई कसरी यो सबको जवाफ दिउ । जुन उसको लागि असहैय हुनेछ । अझ म यहि सोच्दै थिए तर उसले यी सबका गुरु नभेटी मलाई छाड्ने भएन ।

अब मलाई पक्का भयो , अनि बिस्तारै उसलाई भने मेरो गुरु समय हो । आज मैले जे सिके त्यो मलाई समयले सिकायो । त्यसैले तिमीलाई म त्यो गुरुसग भेटाउन सक्दिन । उ धेरै टाढा पुगिसक्यो । उसले मलाई पर्खेन । त्यसैले मलाई माफ गर । यो सब मलाई सिकाउने गुरुलाई म तिमिसग भेट़ाउन सक्दिन । उ निराश जस्तो देखियो अनि अलिकति अगाडी बढ्दै थियो , अनि खै केहि सम्झे झैँ गरि फेरि म नजिकै आयो । अनि फेरि मलाई उसको गुरु बन्न आग्रह गर्यो । तिमीले सिकेका यी कुरा तिमि मलाई सिकाउन , त्यो गुरु नभेटिएर के भो तिमीले सिकी सकेऊ अब मलाई सिकाउ ।

कति सरल छ उ , सायद उसले यो दुनिया बुझेकै छैन । छल कपट केहि थाहा छैन उसलाई न दुख्ख नै , तर उ बद्लिन चाहन्छ । निडर हुन चाहन्छ ।संघर्षसिल बन्न चाहन्छ । त्यसको लागि गुरु चाहिएको छ उसलाई । अब म उसलाई कसरी पढ़ाऊ यो सब , अनि कसरी दिलाउ मेरो चोटहरुको स्मरण । कसरी उसलाई दिन सक्छु त्यो पीडाको आभाष म अनि म कसरी बनौ उसको गुरु । उ जिद्दी छ, कहिलेकाही मलाई यस्तो लाग्छ जिद्दी गर्नमा उ मलाई उछिन्छ । उ हरेक सब्दहरुलाई ब्याख्या गर्न सक्छ । त्यसैले मलाई हराउछ , त्यहि भएर म चुप छु । म हार्न सक्दिन उसग , मलाई मन पर्दैन उ जितोस । किनकि उ सच्चा छ, उ कहिले गलत तरिका अप्नाउदैन । त्यसैले मलाई उ म भन्दा जिद्दी भएको हेर्न मन पर्दैन ।

तर कसरी सम्झाउ उसलाई मलाई यो सारै गार्हो छ । म चाहन्न उ दुखि बनोस , चोटहरुले छिया छिया भएको मुटु उसलाई म कसरी देखाइदिन सक्छु र ? त्यो सब उसले सोचेको पनि छैन । यी पिडाहरुको सागर उ कसरी तर्न सक्छ । उसले त खोला समेत तरेको छैन , म कसरी सिकाउ उसलाई सागर तर्न । जसले कुलोको पानी पनि तरेको छैन । अनि कसरी सम्भब छ ?म उसको गुरु बन्न । यहि सोच्दै थिए , म फेरि बोल्यो उ । किन तिमि यति धेरै स्वार्थी बनेको ? मलाई यति सिकाउन पनि तिमि यति कन्जुस्याइ किन गर्छे ?, म कोहि होइन तिम्रो ? अब उ मलाई घुर्क्याउन थाल्यो । म अलि सान्त भए जस्तो नाटक गर्न थाले । तर उसले मेरो नाटक बुझ्यो । तिमीलाई यो सब गर्न आउदैन । तिमि पनि सिक बरु तर मलाई तिम्ले सिकेका कुरा सिकाउनै पर्छ । उसको त्यो जिद्दी मलाई महँगो पर्दै गयो ।बेदनाका ति सागरहरु आखा अगाडी नाच्न थाले । म बदलिएका घटनाले मेरो छाती पोल्न थाल्यो । मेरो डर हराएका घटनाले मेरो मुटुमा आगो दन्किन थाल्यो ।

ऐना जस्तै छर्लङ भएर आखा अगाडी नाच्न थालेका त्यी सबै घटनाहरुले दिएको पिडा अब म कसरी तिमीमा महसुश गराऊ ? म त्यहि सोच्दै छु । म कसरी तिम्रो जिद्दी पुरा गरौ । त्यसको बाटो खोज्दैछु । उसलाई कसरी सुनाउ यो किताबमा लेखिएको छैन । कसरी बयान गरौ यसको , जुन कहिँ देखिदैन । उसको गुरु म कसरी बनौ , जसको स्मरण गर्न मात्र सकिन्छ देखाउन सकिदैन । उ यो सब मान्दैन ,किनकि उसलाई त मात्र यौटा कुरा थाहा छ ।

जुन कुरा सिकिन्छ त्यो सिकाउन पनि सकिन्छ । जुन कुराको ब्याख्या गरेर अरुलाई बुझाउन सकिन्छ तर उसलाई थाहा छैन मनको चोटहरु घायल भएर कसरी बल्झिरहनछन । जुन न देखाउन सकिन्छ , न मेट़ाउन । मात्र सकिन्छ त्यसलाई जलाएर मान्छे बद्लिन । अनि निडर बन्न जसलाई मृत्यूको पर्बाह नै हुन्न उसलाई किन पर्यो डराउन । त्यसैले म सक्दिन तिम्रो गुरु बन्न । अब तिमि जिद्दी नगर यहि हो मेरो तिम्रा लागि गर्न नसक्ने अन्तिम सहयोगको बलिदान जो चाहेर पनि सक्दिन म तिमीलाई सिकाइदिन ।
हाल -फ्रान्स

बुध, अशोज १२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य कला-साहित्य समाचार

Like us On Facebook

Follow Us On Twitter