काठमाडौंमा भोली सार्क क्षेत्रिय स्तरको सम्मेलन हुने

काठमाण्डौ ,१२ असोज ।

दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन सार्कको प्रभावकारीता बारे छलफल गर्न भोलीदेखि काठमाडौंमा क्षेत्रिय स्तरको सम्मेलन हुने भएको छ ।

व्यवस्थापिका संसद अन्तरगतको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आयोजनामा हुने दुई दिने सम्मेलनमा सार्क मुलुकका विज्ञको सहभागीता रहने बताइएको छ ।

राजधानीमा आज पत्रकार सम्मेलन गरि समितिले दिएको जानकारी अनुसार सम्मेलनले आतंकवाद, आन्तरिक अस्थिरता जस्ता समान समस्या र चुनौति रहेकाले समाधानका निम्ति उपयुक्त सुझाव दिने छ ।

क्षेत्रिय सम्मेलनमा सार्कको पछिल्लो तीन दशकको उपलव्धि, आर्थिक सहकार्य, विश्वासको वातावरण निर्माण जस्ता विषयमा विज्ञले अन्तक्र्रिया गर्नेछन् ।

सम्मेलनबाट निस्किएका निष्कर्षलाई सार्क शिखर सम्मेलनमा सुझावका रुपमा प्रस्तुत गरिने समिति सदस्य सुजाता कोईरालाले बताउनुभयो ।

सम्मेलनमा मालदिभ्स र अफगानिस्तान बाहेकका राष्ट्रले सहभागीता जनाउने जनाईएको छ ।

बुध, अशोज १२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार