दलीय सहमतीबिना संबिधान संशोधनको अर्थ छैनः गच्छदार

विराटनगर, असोज १२ ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले विपक्षी दल एमाले सहितका अन्य दलसँगको छलफल पछि संबिधान संसोध प्रक्रिया अघि बढाउन सरकारलाई सुझाव दिनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सन्चारकर्मीसँग कुराकानी गर्दै गच्छादारले दलीय सहमतीबिना गरिएको संसोधनले मधेशीका माग पुरा हुन नसक्ने बताउनु भयो ।

सरकारले झारा टार्ने हिसाबले संविधान संशोधन प्रस्ताव अघि बढाउन लागेको उल्लेख गर्दै उहाले प्रमुख राजनीतिक दल र मधेसवादी दलसँग सहमति खोजेर संशोधन प्रस्ताव अगाडि बढाउन आग्रह गर्नुभयो ।

मधेस समस्या समाधानका लागि संविधान संशोधन आवश्यक रहेको भएपनि सबैको सहमती अपरिहार्य रहेको उहाको भनाई छ ।
अर्को प्रशंगमा अध्यक्ष गच्छदारले स्थानीय तहमा इलाकालाई आधार बनाउने प्रस्ताव अवैज्ञानिक रहेकाले दलहरुको सहमतिमामात्र स्थानीय तहको सीमांकन र संख्या निर्धारण गर्नुपर्नेमा धारणा राख्नुभयो ।

संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन पहिलो प्राथमिकता भएकाले पनि छिटो स्थानीय तहको पुनःसंरचनाका लागि आयोग, सरकार र प्रमुख दलहरुबीच सहमति हुनुपर्नेमा उहाको जोड छ ।

बुध, अशोज १२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...