ग्यास सिलिन्डरको उपयोगमा सचेतता अपनाउन नसके मानवीय क्षती हुने

भक्तपुर, १२ असोज । ग्याँसको प्रयोग र सम्भाबित हुन सक्ने दुर्घटनाका बिषयमा राष्ट्रिय उपभोक्ता मञ्चले एल पी ग्याँसको उपयोग सम्बन्धि सचेतना कार्यक्रम गरेको छ ।
रफत सञ्चार क्लवमा बुधबार आयोजित सचेतना कार्यक्रममा बोल्दै राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले ग्याँस सिलिन्डरको उपयोगमा सचेतता अपनाउन नसके त्यसले मानवीय क्षती निम्त्याउन सक्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रयोग गरिरहेको सिलिन्डरको अवस्थाका बारे जानकारी लिएर ग्याँस सिलिन्डर भान्सामा भित्रयाउने र कुनै त्यस्तो क्रुटी भेटिए त्यसको तत्काल परिवर्तन गर्नु पर्ने बताउनुभयो ।
ग्याँस सिलिन्डर निर्माणमा देखिएका त्रुटिहरुलाई सच्चाईनु पर्ने बेला मौकामा ग्याँस सिलिन्डरको परिक्षण गर्नु पर्ने तर्फ उद्यागीहरुले ध्यान नदिँदा समेत भैपरि दुर्घटना निम्तने गरेको उहाँको भनाइ छ । उपभोक्तामा देखिएको चेतनाको अभावका साथै उद्योगीहरुले समेत लापरवाही र नियमनकारी निकायको तदारुकताको अभावकै कारण भैपरि दुर्घटना हुने गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा पूर्व उद्योग मन्त्री महेश बस्नेतले कच्चा ग्याँस सिलिन्डरको कारण दुर्घटना भई ज्यान गुमाएका परिवारहरुलाई क्षतीपूर्ती दिने भन्दा पनि उल्टो शक्तिको आडमा त्रास थपिदिएको घटना भक्तपुरमै घटेको बताउनुभयो । उहाँले उद्योगीको गल्तीका कारण आमगृहिणीले ज्यान गुमाउनु परेको र सरोकारवालाहरुले नियमन गर्न नसक्दा ग्याँस सिलिन्डरमा त्रुटी देखिएको बताउनुभयो । उपभोक्ता मञ्चले जनजीवनमा प्रत्यक्ष सरोकार राख्ने बिषयहरुलाई ब्यापक उठान गर्दे चेतना अभिबृद्धि गर्न सके दुर्घटना न्यूनिकरण गर्न सहज पुग्ने उहाँले बताउनुभयो । जनजीवीकामा जोखिम देखिने सवालमा कसैले गलत राजनीतिक संरक्षण दिनु नहुनेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा बिभिन्न महिला उपभोक्ता समितिका पदाधिकारीहरुले उपभोक्ताको हक अधिकार तर्फ सरकार र सरोकारवाला निकायको ध्यान जान नसक्दा दुर्घटना निम्तनुका साथै उपभोक्ता अधिकारको संरक्षण हुन नसकेको बताएका थिए । वत्ताहरुले सरकारको नियमनमा कमजोरी भएकै कारण उपभोक्ता ठगिन बाध्य भएकै कारण कालो बजारी मौलाउनका साथै सिलिन्डरमा देखिएको कमजोरीको कारण अनाहकमा गृहिणीहरुले ज्यान गुमाउनु परेको गुनासो पोखेका थिए ।
कार्यक्रममा एलपी ग्याँस सिलिन्डर पड्कदाँ ज्यान गुमाएका भक्तपुर पलाँसेका मृतकका भाई सविन महतले एलपी ग्याँस सिलिन्डरको त्रुटिकै कारण आफ्नो दाईले ज्यान गुमाउनु परेको र सिकिस्त घाईते भएकी भाउजुको उपचार खर्च समेत उपलब्ध नगराएको जानकारी दिर्दै न्याय माग्ने ठाउँमा समेत न्याय पाउन नसकेको तर्फ उपभोक्ता मञ्चलाई पहल गरिदिन आग्रह गर्नुभएको थियो ।

बुध, अशोज १२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया