मधेसलाई अलग राख्न हुदैन : राणा

काठमाडौं, असोज १२ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचन सम्पन्न भएसँगै संविधान कार्यान्वयन हुने बताउनु भएको छ ।

दशै तिहारको अवसरमा आज राजधानीमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष राणाले संविधान कार्यान्वयन गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता भएको बताउनु भयो ।

तर त्यसका लागी तीनै तहको निर्वाचन पहिलो प्राथमिकता रहेको उहाको भनाई छ ।

मधेस र जनजातिलाई अलग राखेर मुलुक अगाडि बढ्न नसक्ने भन्दै उहाले मधेसी जनताको मागलाई तत्काल सम्बोधन गरिनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय हितका लागि परिपक्व र सन्तुलित कुटनीति आवश्यक रहेको पनि उहाले औल्याउनु भयो ।

बुध, अशोज १२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...