विभेदकारी कानुन संशोधन गर्न माग

काठमाडौं, असोज १२ ।
महिला अधिकारकर्मीहरुले ५२ वटा विभेदकारी कानुन संशोधन गर्न सरकारसँग माग गरेका छन् ।
अन्तर पार्टी महिला सञ्जालले आज राजधानीमा गरेको कार्यक्रममा उनीहरुले कानुनमा अझै पनि महिलाप्रति विभेद रहेको भन्दै त्यस्ता कानुनको संशोधन गर्न माग गरेका हुन् ।

सञ्जालले निर्वाचनमा पनि पुरुष सरह महिलाको समान सहभागीता गराउन राजनीतिक दलहरुलाई सुझाव दिएको छ ।

अब आउने स्थानीय निकायको निर्वाचनमा पुरुष सरह महिलाको पनि समान सहभागीता हुनुपर्ने उनीहरुको माग छ ।

यस्तै शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा महिलाको पहँुच बढाउन महिला अधिकारकर्मीहरुले सरकारलाई आग्रह गरेका छन् ।

बुध, अशोज १२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया