टिकापुर घटनालाई लिएर सांसदबीच चर्काचर्की

काठमाण्डौ ,१२ असोज ।
कैलाली टीकापुर घटनालाई लिएर सत्तापक्ष नेपाली कांग्रेस, प्रमुख प्रतिपक्षी नेकपा एमाले र मधेस केन्द्रित दलका सांसदहरुबीच चर्काचर्की भएको छ ।

राज्य व्यवस्था समितिको आजको बैठकमा सांसदहरुबीच चर्काचर्की भएको हो ।

समिति बैठकमा एमाले सांसदहरुले टीकापुर घटनाका दोषी उम्कन नहुनेमा जोड दिएका थिए भने मधेस केन्द्रित दलका सांसदहरुले राजनीतिक समस्या भएकाले सोहीबमोजिम समाधान गर्नुपर्ने बताएका थिए ।

एमाले सांसद रामेश्वर फुयालले राज्यविरुद्धको घटनालाई राजनीतिक आडमा माफी दिन नहुने बताउनु भयो ।

तर, सत्तापक्ष नेपाली कांग्रेस सांसद फरमुल्लाह मन्सुरले कैलाली घटना राजनीतिक भएकाले त्यसैअनुसार समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै ,मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का सांसद रामजनम चौधरीले टीकापुर घटनाका मुद्दा फिर्ताको सम्बन्धमा ओली नेतृत्वको सरकारले प्रक्रिया अगाडि बढाएको तर सरकारबाट बाहिरिने बित्तिकै कुरा फेरेर दोहोरो चरित्र देखाएको आरोप लगाउनु भयो ।

कैलाली र कञ्चनपुरका जनता आफ्नो हकहितका लागि लडेको दाबी गर्दै सांसद चौधरीले राज्यपक्षले एक इन्च पनि पछि हट्दैन भनेपछि टीकापुर घटना भएको उल्लेख गर्नुभयो ।

बुध, अशोज १२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter