जनआकांक्षा अनुसार काम गर्न प्रमको निर्देशन


असोज १२, चितवन ।
प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई केन्द्रमा राखेर उनीहरुको आकाक्षा अनुसार सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।

चितवन जिल्लामा रहेका सरकारी कार्यालयका प्रमूखहरुसँगको संयुत्त भेटघाटका क्रममा प्रधानमन्त्रीले कर्मचारी प्रशाासनलाई हेर्ने नजर अहिले पनि राम्रो बन्न नसकेको भन्दै जनताको आकांक्षाअनुसार काम गर्न निर्देशन दिनुभयो ।

जनताले हाम्रै कर्मचारी हुन्न भन्ने अनुभूति हुने गरी कुरा भन्दा परिणाममूखी काम गर्र्नुपर्नेमा उहाले जोड दिनुभयो । राजनीतिक तिब्रता र प्रशासन संयन्त्रको काम गर्ने तरिकामा अन्तरविरोध रहेको स्वीकादै प्रधत्रानमन्त्रीले आईपरेका जटिलता राजनीति र प्रशासन एक अर्काका परिपुरक बनेर हल गर्दै जानुपर्ने बताउनु भयो ।

राजनीतिको रफ्तारलाई बुझ्ने गरी प्रशासनिक कामलाई बदल्न जरुरी रहेको उहाको भनाई छ ।

बुध, अशोज १२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया