दलीय सहमतिबाटै संविधान संशोधन र निर्वाचन हुन्छ : निधी

काठमाडौं ,१२ असोज ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दलहरुको सहमतीकै आधारमा असन्तुष्ट पक्षको माग सम्बोधन हुनेगरी संविधान संशोधन गरिने प्रष्ट पार्नुभएको छ ।

ब्यावस्थापिका संसद अन्तरगतको राज्य व्यवस्था समितिको आज बसेको बैठकमा बोल्दै उपप्रधानमन्त्री निधिले राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गरी निर्वाचनमा दाबी गर्नुभयो ।

त्यसका लागी सरकारले सबै राजनीतिक दलहरु छलफल गरिरहेको पनि उहाले बताउनु भयो । संविधान संशोधनपछि पनि दलहरुबीच सहमति गरेर सरकार निर्वाचनमा जाने पक्षमा रहेको मन्त्री निधिको भनाई छ ।

सीमांकनको सम्बन्धमा पूर्वसचिव बालानन्द पौडेल नेतृत्वको स्थानीय तह पुनर्संरचना आयोगलाई संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्को मंगलबारको बैठकले इलाकालाई आधार मानेर पुनर्संरचना गर्न लागि निर्देशन दिएको भन्दै उहाले संविधानकै व्यवस्थाअनुसार निर्देशन दिको बताउनु भयो ।

इलाका मासेर नगरपालिका बनेको र ती नगरपालिका यथावत् रहने भन्दै निधीले सरकारले दिएको मापदण्ड आयोगले मान्नुपर्नेमा जोड दिनुभयो ।

समिति सदस्य एवं सांसदहरुले दलहरुबीच राष्ट्रिय सहमति नगरी निर्वाचन गर्न खोजे वा निर्वाचन कार्यतालिका सार्वजनिक गरे उपयुक्त नहुने बताएका थिए ।
सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गरी निर्वाचनमा जानुपर्ने धारणा राखेका थिए ।

बुध, अशोज १२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया