चैत्रमा हुने चुनावमा शंका नगर्न प्रधानमन्त्रीको आग्रह

काठमान्डौ ,असोज १२ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले चैतमा स्थानीय निकायको चुनाव हुनेमा शंका नगर्न आग्रह गर्नु भएको छ । उहाँले संविधान संशोधनमा एमालेले सहयोग गर्ने विश्वास समेत व्यक्त गर्नु भएको छ ।

प्रेस सेन्टर चितवनले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रधानमन्त्री दाहालले यस्तो बताउनु भएको हो । दशैं अगाडि नै संविधान संशोधन हुने बताउदै दाहालले चैतमा चुनाव हुनेमा ढुक्क हुन आग्रह गर्नु भयो ।

इलाकालाई स्थानीय निकाय बनाउने मन्त्रिपरिषदको निर्णय भएको भन्दै यसमा सबै दल सहमतिमा आउने विश्वास व्यक्त गर्र्नुभयो । इलाकालाई मधेस केन्द्रित दलले पनि सहमति जनाउने उहाँको विश्वास छ ।

साथै प्रधानमन्त्री दाहालले चैतमा चुनाव गराउने वातावरण बनाउने भूमिका खेल्न पत्रकारहरुलाई पनि आग्रह गर्नु भएको छ । उहाँले अहिले चुनावको तयारी भइरहेको पनि जानकारी दिनु भयो ।

बुध, अशोज १२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter