संसदमा आज छ विद्येयक पेश हुदै

काठमाडौं, १२ असोज । आज बस्ने व्यवस्थापिका संसद बैठकमा विभिन्न विधेयकहरु पेश हुने कार्यक्रम रहेको छ । व्यवस्थापिका संसद बैठक आज बिहान ११ बजे बस्दै छ । बैठकमा संघीय मामिला तथा स्थानिय विकास मन्त्री हितराज पाण्डेले ६ वटा विद्येयकहरु छलफलका लागि पेश गर्ने कार्यसूची रहेको छ ।

मन्त्री पाण्डेले राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदीवासी जनजाती आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लीम आयोग विद्येयक २०७३ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
त्यस्तै आजकै बैठकमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले महालेखा परिक्षकको ५३ औं वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सभापति भिष्मराज आङदेम्बेले औद्योगिक व्यवसाय विद्येयक सम्बन्धी समितीको प्रतिवेदन पनि प्रस्तुत गर्ने कार्यसुची रहेको सचिवालयले जनाएको छ ।

बुध, अशोज १२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter