पाकिस्तानमा हुने भनिएको उन्नाइसौं सार्क शिखर अनिश्चित


काठमाडौं, १२ असोज । पाकिस्तानमा आयोजना हुने भनिएको उन्नाइसौं सार्क शिखर सम्मेलन अनिश्चित भएको छ । भारतले आपसी सम्बन्धलाई कारण देखाउँदै सहभागिता जनाउन नसक्ने जनाउ दिएपछि सार्कको आगामी नोभेम्वरमा इस्लामावादमा हुने भनिएको सम्मेलन अनिश्चित भएको हो । अध्यक्ष राष्ट्रका रुपमा नेपाललाई भारतले सम्मेलनमा सहभागिता नजनाउने निर्णय जानकारी गराएको हो । अन्तरदेशीय आतंक र आन्तरिक मामिलामा हस्तक्षेपको कारण सम्मेलनमा सहभागिता जनाउन नसक्ने भारतीय विदेश मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तीमा एउटा देशले तयार गरेको वातावरणका कारण इस्लामावादमा हुने सार्क सम्मेलनमा सहभागी हुने अवस्था नरहेको उल्लेख छ । विज्ञप्तिमा सार्कका अन्य राष्ट्रहरुको समेत इस्लामावादमा हुने सम्मेलनका बिषयमा रिजर्वेसन रहेको आफूले पाएको जनाइएको छ ।

बुध, अशोज १२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया