राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानमा पंगेनी

काठमाडौं, १२ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको छैठौं महाधिवेशनबाट गायक बद्री पंगेनीको नेतृत्वमा ३९ सदस्यीय कार्यसमिति चयन भएको छ । अध्यक्षका प्रत्यासी विष्णु खत्री र टिकाराम चपाईलाई हराउँदै पंगेनी अध्यक्षमा विजयी भएका हुन् । पंगेनीले आठ सय ८८ मत ल्याए भने खत्रीले पाँच सय आठ र चपाईंले तीन सय ३० मत ल्याएका छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा रमेश विजीले आठ सय ८३ मत ल्याएर विजयी भए । उनका प्रत्यासी ऋषिलाल श्रेष्ठले तीन सय ८२ र गायक विमलराज क्षेत्रीले चार सय ६२ मत ल्याएका छन् । त्यसैगरी प्रथम उपाध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित भइसकेका छन् । द्वितीय उपाध्यक्षमा रामजी खाँड विजयी भए । महासचिवमा भएको चुनावमा सुवास केसी विजयी भएका छन् । त्यस्तै उपमहासचिवमा चोलेन्द्र पौडेल, सचिवमा शंकर बिसी र खुमन अधिकारीले भने कोषाध्यक्षमा दीपक खड्का निर्विरोध र सहकोषाध्यक्षमा टीका पुन विजयी भएका छन् ।

खुला सदस्यतर्फ १४ जनाको लागि ३४ जनाको उम्मेदवारी परेकोमा शिव हमाल, देवी घर्ती, पार्वती राई, राजु ढकाल , कुलेन्द्र विश्वकर्मा, राजन ठकुरी, वसन्त थापा, सन्तोष आलेमगर, जीवन दाहाल, हरि डाँगी, प्रचण्ड जीसी, रमेशराज भट्टराई, ईश्वरी प्रसाद भुसाल, राजन गुरुङ, विनोद बाजुराली विजयी भएका छन् । त्यस्तै महिलातर्फ देवी घर्तीले नेतृत्व गर्दै बहुमतले विजयी भएपछि मुना थपामगर, पूर्णकला बिसी, जमुना राना, जानकी तारमी मगर विजयी भएका हुन् ।

यसअघि नै महिला उपाध्यक्षमा रिता थापामगर निर्विरोध निर्वाचित भएकी थिइन् भने महिला सचिवमा राधिका हमाल निर्विरोध भएकी थिइन् । त्यस्तै प्रदेश नंं २ संयोजकमा कृष्ण प्रसाद गौतम, प्रदेश नं. ३ संयोजकमा रमिला न्यौपाने, प्रदेश नं. ४ संयोजकमा तारापति सुवेदी, प्रदेश नं. ५ संयोजकमा लक्ष्मण खड्का, प्रदेश नं. ७ संयोजकमा सुरत रावत रहेका छन् ।

बुध, अशोज १२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य मनोरञ्जन खबर समाचार