Loading...

आज सुरक्षीत गर्भपतन दिवस मनाइदै

काठमान्डौ असोज १२ ।
आज विश्व सुरक्षित गर्भपतन दिवस, नेपालमा पनि जनचेतनामुलक कार्यक्रम गरी मनाइदैछ । सुरक्षित गर्भपतन सेवा सम्बन्धी जनचेतना जगाउने उदेश्यले हरेक वर्ष सेप्टेम्बर २८ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

नेपालमा मुलुकी ऐनको ११ औँ संशोधनले गर्भपतनलाई कानुनी मान्यता दिएको छ । नेपालमा वार्षिक ६ लाख गर्भवती हुने गरेकोमा ८० हजारले सुरक्षित गर्भपतन सेवा लिने गरेको एक अध्ययनले देखाएको छ ।

थापाथलीस्थित प्रसूतिगृहका निर्देशक डा. जागेश्वर गौतमका अनुसार आर्थिक वर्ष २०७२–०७३ मा औजारबाट र औषधिको प्रयोगबाट दुई हजार ६ सय ९६ जनाले गर्भपतन सेवा लिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...