आज पानी पर्ने सम्भावना

काठमान्डौ असोज १२।
आज मुलुृकका केहि स्थानमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अवको केहि दिन दिउँसो एकछिन खुलेपनि बिहान बेलुकी मौसम बदली भइ केहि ठाउँमा हल्का वर्षा हुने मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

भारतको छत्तिसगढमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावसँगै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले मध्य र पूर्वी क्षेत्रको मौसम अहिले बदली भएको मौसमविद् पौडेलले बताउनुभयो ।

उहाँका अनुसार अहिले पश्चिम नेपालबाट मनसुन निस्क्रिय हुँदै गएकाले केहि दिनमै मध्य र पूर्वी क्षेत्रबाट पनि केहि दिनमै हट्ने उहाँको अनुमान छ । आजको भन्दा भोलीको मौसममा केहि सुधार आउने मौसमविद् पौडेलले बताउनुभयो ।

बुध, अशोज १२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया