प्रधानमन्त्री दाहाल आज चितवन जाँदै

काठमाडौ १२ असोज ।
प्रधानमन्त्री पुष्पकमल दाहाल विभिन्न कार्यक्रममा सहभागी हुन आज चितवन जानु भएको छ । उहाँ विहान ९ बजे बुद्ध एयरको विमानबाट त्यस तर्फ प्रस्थान गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

विभिन्न ठाउँमा आयोजना गरिने स साना उद्घाटन कार्यक्रममा सहभागी भएर समय खेर नफाल्ने उद्घोष गर्नुभएका प्रधानमन्त्री दाहालले चितवन पुग्ने बितिक्कै जिल्ला प्रशासन कार्यलय चितवनको भवन उद्घाटन गर्ने कार्यक्रम छ ।

उहाँ आज साँझसम्म जिल्लामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका छ । उहाँले आजै जिल्लास्थित सरकारी कार्यलयका प्रमुखहरुलाई कार्यसम्पादन प्रभावकारी बनाउन निर्देशन दिने कार्यक्रम जनाएको छ ।

त्यसपछि उहाँले भरतपूरस्थित क्यान्सर अस्पतालको निरिक्षण गर्नुहुनेछ । उहाँ दिउँसो चितवनको दिव्यनगरमा रहेको आफूले अध्यान गरेको आदर्श उच्च माविको स्वर्ण महोत्सव समापन कार्यक्रममा सहभागी हुनु हुनेछ । साँझसम्म विभिन्न कार्यक्रममा व्यस्त रहने उहाँ भोली मात्र काठमाडौ फर्किनु हुनेछ ।

बुध, अशोज १२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया