विकास र समृद्धिलाई प्राथमिकतामा राखेको प्रमको भनाई

असोज ११, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय विकास समृद्धिको कामलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ ।

चितवनको माडीबाट आएको सर्वदलीय प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले आफुले परिणाममूखी काम गर्ने बताउनुएको हो ।

यस्तै उहाले माडीको शैक्षिक र पूर्वाधार विकासमा देखाएको चासो सकारात्मक रहेकोले यसलाई सम्बोधन गर्न कोशिस गर्नेपनि प्रतिबद्धता जनाउनु भयो ।

प्रधानमन्त्रीले आफूले पदभार ग्रहण गरेदेखि नै सरकारका कामलाई जनतातिर फर्काउने प्रयासमा लागेको बताउँदै राष्ट्रिय एकता हासिल गर्ने दिशामा सकारात्मक सहयोगका लागी आग्रह समेत गर्नुभयो ।

प्रधानमन्त्रीले सात प्रदेशमा उच्च अदालत गठनमा जुटेको सहमतिले राष्ट्रिय सहमतिको ढोका खोलेको बताउनुभयो । ‘अदालत गठनमा सहमति जुटेर प्रक्रिया अगाडि बढिसकेको छ । स्थानीय तह पूनर्संरचनामा पनि सहमति जुटेको छ । अब संविधान संशोधन र स्थानीय तहको निर्वाचनमा पनि सहमति जुट्ने वातावरण बन्दैछ’ प्रधानमन्त्रीले भन्नुभयो ।
भेटमा प्रतिनिधि मण्डलले माडीको यातायात, भौतिक पूर्वाधार र शिक्षा क्षेत्रको विकासमा सहयोग गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेको थियो ।

मङ्ल, अशोज ११, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter