
काठमाण्डौ ,११ असोज ।
व्यवस्थापिका–संसदमा आज फोहरबाट उर्जा उत्पादन गर्नेसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भएको छ ।
नयाबानेश्वर स्थित संसद भवनमा बसेको आजको बैठकमा काठमाडौं उपत्यकाबाट दैनिकरुपमा निस्कने फोहरबाट उर्जा उत्पादन गर्नेसम्बन्धी प्रस्ताव नेपाली कांग्रेसका धनराज गुरुङले प्रस्तुत गर्नुभएको थियो ।
काग्रेसकै बद्रीप्रसाद पाण्डे र जीवन परिवारको समर्थनमा प्रस्तुत उत्त प्रस्तावमाथि आज छलफल भएको हो ।
सो प्रस्तावमा उपत्यकाबाट दैनिक ६८९ टन फोहर उत्पादन हुने गरेको र यसको व्यवस्थापनमा अर्बौं खर्च हुने गरेको परिपे्रक्ष्यमा फोहर उपयोग गरी नवीकरणीय उर्जालगायत जैविक मलसमेत उत्पादन गर्न सकिने भएकाले फोहरबाट उर्जा उत्पादन गर्ने कार्य प्रारम्भ गर्न आवश्यक भएको जनाइएको छ ।
प्रस्तावमाथि धारणा राख्दै सांसदहरु रेवतीरमण भण्डारी, योगेन्द्र तामाङ घिसिङ, रामहरि खतिवडा, रामेश्वर ढुंगेल लगायतले फोहरबाट उर्जा उत्पादन गर्न सरकारले नयाँ नीति ल्याउनुपर्नेमा जोड दिनुभएको थियो ।
संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले सरकारले फोहरबाट उर्जा उत्पादनमा जोड दिएको र काठमाडौं महानगरपालिकाले टेकुमा उर्जा उत्पादनको नमुना परीक्षण गरिरहेको जानकारी दिनुभयो ।
संसदको अर्काे बैठक भोली बिहान ११ बजे पुन बस्नेछ ।
मङ्ल, अशोज ११, २०७३ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य प्रमुख खबर समाचार

Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

काठमाडौं, वैशाख १२ । गोरखा भूकम्प गएको आज ३ वर्ष पूरा भएको छ । २०७२

– रामबहादुर थापा गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा

काठमाण्डौ , ९ वैशाख । नेपाल र फ्रान्स बिचको कुटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्ष

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले