घरेलु बिधिबाट यौन शक्ति बढाउन चाहनुहुन्छ ? हेर्नुस् १० उपाय

सारिरिक सम्पर्कका बेला यौन उत्तेजना नभएको भन्दै धेरै दम्पतिमा खटपट हुने गरेको छ । यस्तो समस्याको समाधान अब घरेलु तरिकाबाट नै हुन्छ । यौन उत्तेजना बढाउन बिभिन्न खानेकुराहरुको प्रयोग गर्न सक्नुहुनेछ ।

१ लसुन
प्राचीन कालदेखि नै यौन उत्तेजकको रुपमा लिईने लसुन सधै खाने गर्नुहोस् । अरुसँग बोल्दा दुर्गन्ध आउने भन्दै धेरै लसुन खान डरााउँछन् । तर लसुनमा एलिसिन नाम गरेको तत्व हुन्छ यसले रक्त प्रबाहलाई सुर्धाछ, अत्यधिक सचेत बनाउछ । स्टेमिना बढाउँछ र एक प्रकारको ऊर्जा प्रदान गर्छ । कालो लुसनमा यो गुण अझै बढी हुन्छ ।

२ मह
आफ्नो यौन क्षमता बढाउन मह खाने गर्नुहोस् । या महबाट बनेका खानेकुराहरु पनि खान सक्नुहुन्छ । महमा भिटामिन बी पाइन्छ । पुरुषमा टेस्टोरोन (सेक्स हर्मन) उत्पादन गर्न भिटामिन बीको आवश्यकता पर्छ । महले रगतको तहलाई पनि सशक्त बनाउँछ ।

३ अदुवा
यौन उत्तेजना ल्याउन अदुवा पनि उत्तिकै प्रभावककारी खानेकुरा हो । अदुवालाई तातो पानीमा उमाल्नुहोस, केही कागती र मह मिसाएर बनाएर खानुहोस् । यसले तपाईलाई सदा स्फूर्ती प्रदान गर्छ । यसको गन्धले सर्कुलेटरी प्रणालीलाई उत्तेजित बनाई शरिरको हरेक कुनामा रक्त प्रबाह बढाइदिन्छ ।

४ ट्रफल

दक्षिण पश्चिम युरोपमा पाइने ट्रफल (एक प्रकारको फन्जी) यौन उत्तेजनाको दृष्टिले महत्वपूर्ण खानेकुरा मानिन्छ । प्राचीन ग्रीस र रोममा यसको अत्यधिक प्रयोग हुन्थ्यो । यसलाई आफ्नो पार्टनरसँग रमाइलो साँझ जस्ता विशेष अवसरमा आफ्ना पार्टनरसँग बसेर खान सकिन्छ । ट्रफलले बासना पुरुषको पसिना जस्तो हुने र महिलाहरुलाई पनि आकर्षित गर्ने बताइन्छ । ऐतिहासिक पुरुष नेपोलियन बोनापार्टले ट्रफल खाँदा यौन शक्ति बढ्ने विश्वास गर्थे ।

५ चोरिजो ,स्पेनिश पोर्क
तेलीय रातो मासुमा प्रोटिन र जिंकको मात्रा उच्च हुने र यसले टेस्टोटेरोनको उत्पादनमा सहयोग पुयाउने गर्छ । यो भिटामिन बी वानको पनि स्रोत हो जसले शरिरलाई एमिनो एसिड सोसी खानालाई उर्जामा बदल्न सहयोग पुयाउछ ।

६ अन्जिर
अन्जिर वा फिग्सलाई यौन र अपराधसँग सम्बन्धित एउटा कुख्यात खाना हो । एडम र इभको बाइबल कथामा उनीहरुको नांगो शरिर ढाक्न अन्जिरको पातहरुलाई प्रयोग गरी अन्जिरलाई सेक्ससँग पर्याबाची गराइएको छ । गार्डेन अफ इभमा भगवानले प्रतिबन्ध लगाइएको खानेकुरा अन्जिर थिए जसको भाव प्रलोभन र अपराध हुन्छ ।

अन्जिरको आकार मानिसहरुका लागि उत्तेजक अर्थ राख्छ र यसको बिउ पुरुष उर्वरताको रुपमा लिइन्छ । फिगभित्रको चिजलाई महिलाको यौन अंग जस्तै भएको विश्वास गरिन्छ । पिगमा एन्टिअक्सिडियन्ट, फ्लाभोनोइड्स, फाइबर, पोटासियम र आइरन पाइन्छ । यसले मुटु र रक्त कोषिकाको कामलाई पनि सहयोग गर्छ ।

७ मेडजोल डेट्स
मेडजोल डेट्स उत्तेजक र पवित्र दुबै मानिन्छ । डेट्स महिलाहरुका लागि निकै उत्तेजक मानिन्छ । यसले कुनै पनि व्यक्तिको यौन जीवनमा सुधार ल्याउने इरान र नाइजेरियाको विश्वास छ । पोषण, भिटामिन, खनिजयुक्त डेट्सले शरिरलाई उर्जा प्रदान गर्छ । एमिनो एसिडयुक्त यसले सेक्सुअल स्टेमिनालाई सशक्त बनाउछ । तसर्थ आफ्नो पार्टनरसँग रमाइलो साँझ बिताउन यो खाना उपयोगी मानिन्छ ।

८ लिक्वोराइस

प्राचीन चीन र इजिप्टमा यौन उत्तेजना बढाउन लिक्विओराइसको प्रयोग हुन्थ्यो । यसको उपभोगले लिंगमा रगतको मात्रा १३ प्रतिशतले बढाइदिने बताइन्छ ।

९ साल्मोन

समुद्रिक माछा साल्मोनले पनि यौन उत्तेजना बढाउँछ । ओगमा ३ युक्त साल्मोनको परिकारले दिमागमा हामीलाई खुसी पार्ने हर्मोन सेरोटोनिनको मात्रामा बृद्धि गरी तपाईको मुड रमाइलो बनाउछ । जिंकले मानिसमा बीर्य उत्पादन गर्न महत्वपूर्ण मानिने टेस्टोटेरोनलाई नियन्त्रण गर्छ र यौन गतिलाई बढाउँछ ।

मङ्ल, अशोज ११, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...