आप्रवासी कामदारसम्बन्धी २ दिने राष्ट्रिय सम्मेलन सुरु

काठमाडौं, असोज ११ ।

श्रम मन्त्रालयका प्रवक्ता गोविन्दमणी भुर्तेलले वैदेशिक रोजगार शोषणमुक्त र सुरक्षित बनाउने सरकारी नीति भए पनि व्यवहारीक कार्यान्वयनमा आउन नसकेको बताउनु भएको छ ।

काठमाण्डौमा आजबाट सुरु आप्रवासी कामदारसम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उहाले सरकारी निति कार्यान्वयनमा नआएकै कारण लाखौ युवा शोषणमा पर्ने गरेको बताउनु भयो ।

उहाले वैदेशिक रोजगार ऐन २०६४ लाई संशोधन गर्न लागिएको पनि जानकारी दिनुभयो ।

कार्यक्रममा माइती नेपालीको अध्यक्ष अनुराधा कोइरालाले कुनै सम्झौता नगरी खाडी राष्ट्रहरुमा महिला कामदार नपठाउन आग्रह गर्नुभयो । खाडि मुलुक महिलाका लागी अझै सुरक्षीत नभएको उहाको भनाई छ ।

सम्मेलनमा सहभागीहरुले मुलुकमा आर्थिक वृद्धिदर अपेक्षित नहुँदा वैदेशिक रोजगारी लागि हजारौं युवा बाहिरिन बाध्य हुनुपरेको बताएका छन् ।

कार्यक्रममा भारत वाहेकका मुलुकमा रोजगारका लागि झन्डै २६ लाख युवा गएको तथ्यांक सार्वजनिक गरिएको थियो । विशेषगरी खाडी मुलुक, मलेसिया र कोरियामा नेपालीहरु कामदारका रुपमा जाने गरेको तथ्यांकमा देखाइएको छ ।

२ दिनसम्म चल्ने राष्ट्रिय सम्मेलनमा आप्रवासन श्रमिकहरुको समस्या र समाधानसम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

मङ्ल, अशोज ११, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य विजनेस समाचार

Like us On Facebook

Follow Us On Twitter