
काठमाण्डौ ,११ असोज ।
हड्तालको अवधिमा मजदूरहरुलाई तलब दिने÷नदिने विषयमा संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले अझै सहमती जुटाउन सकेको छैन ।
आज बसेको समिति बैठकमा पनि दलहरुका आ आफ्नै अडानका कारण सहमती हुन नसक्दा औद्योगिक व्यवसाय सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको प्रतिवेदन पारित हुन सकेन ।
बैठकमा नेकपा माओवादी केन्द्रका जनकलाल बुढा लगायतका केही सांसद्ले उद्योगभित्र हुने शोषणविरुद्ध मजदूरहरुले हड्ताल गर्न पाउनुपर्ने माग गर्दै सो अवधिको तलब उद्योगले दिनुपर्ने अडान राखेका थिए ।
तर नेपाली काग्रेसकी सांसद राज्यलक्ष्मी श्रेष्ठले लगायतले हड्तालको अवधिको तलब उद्योगले व्यहोर्नुपर्ने व्यवस्थाल उद्योगहरु धराशायी हुनुका साथै उद्योगमा अराजकता मौलाउने भन्दै त्यसको बिरोध गरेका थिए ।
समितिले डेढ महिना पहिले गठन गरेको उपसमितिmे पनि सो बिषयमा सहमती जुटाउन सकेको थिएन । उपसमितिले सहमति जुटाउन नसकेको विषयमा सांसद्हरुको धारणा बाझिएपछि समिति पनि निर्णयमा पुग्न नसकेको सभापति भिष्मराज आङदम्बेले बताउनु भयो ।
मङ्ल, अशोज ११, २०७३ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य विजनेस समाचार

Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

काठमाडौं, वैशाख १२ । गोरखा भूकम्प गएको आज ३ वर्ष पूरा भएको छ । २०७२

– रामबहादुर थापा गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा

काठमाण्डौ , ९ वैशाख । नेपाल र फ्रान्स बिचको कुटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्ष

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले