धादिङमा भएको सवारी दुर्घटनामा १७ को मृत्यु (अपडेट)

धादिङ ,११ असोज ।
उत्तरी धादिङको मार्पाक गाविस ५ लपाङफेदीमा आज बिहान भएको बस दुर्घटनामा परि कम्तिमा १७ जनाको मृत्यु भएको छ । २०  जना घाईते भएका छन् ।

मृत्यु हुनेमा १३ जना पुरुष र ४ जना महिला रहेको एसपि शरद खत्रिले जानकारी दिनुभयो । मृतकहरुको शनाखन हुन सकेको छैन ।

प्रत्यक्षदशीले १८ जनाको मृत्यु भएको जनाएपनि प्रहरीले भने १७ जनाको मात्रै मृत्यु भएको पुष्ठि गरेको छ ।

घाईते मध्ये ६ जनालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौ ल्याईसकिएको उहाले बताउनु भयो । अन्यलाई पनि काठमाण्डौ नै ल्याउने तयारी भएको छ ।

बा ४ ख ३३१८ नम्बरको बस जिल्लाको मार्पाक ६ को लपाङ्गमा दुर्घटना भएको हो । चलानीमा ३५ जना सवार रहेको भएपनि कति यात्रु सवार थिए भन्ने अझै खुल्न नसकेको जनाईएको छ ।

दुर्घटनामा पर्नेमा अधिकाशं सत्यदेवि र रि गाविसका रहेको प्रहरीले जनाएको छ । भुकम्प पिडितका लागी सरकारले दिने रकम बुझ्नका लागी गएकाहरु दुर्घटनामा परेका हुन् ।

क्षमताभन्दा बढी यात्रु चढेकाले बस दुर्घटना भएको हुनसक्ने प्रहरीको आशंका छ । घटनास्थल सदरमुकाम धादिङबेसीदेखि ३२ किलोमिटर टाढा छ

मङ्ल, अशोज ११, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter