
धादिङ ,११ असोज ।
उत्तरी धादिङको मार्पाक गाविस स्थित लपाङफेदीमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।
जिल्ला सदरमुकाम धादिङबेसीबाट विकट गाउँ किन्ताङफेदी जाँदै गरेको बा ३ ख ३३१८ नम्बरको बंकर बस लपाङफेदीको जिरोकिलो भन्ने ठाउँको भीरबाट खसेको हो ।
स्थानीय उद्धारकर्ताहरुका अनुसार १५ जना घाइतेको उद्धार गरिएको छ । धादिङबेसीबाट ३१ जनाको यात्रुको चलानी लिएर गाउँ हिँडेको बसमा छतमा समेत धेरै यात्रु हालेको थियो ।
बस सडकबाट करिब ३ सय मिटर तल आखुँ खोला तर्फ खसेको छ । बसको छत र सीटमा टनाटन यात्रु भएको प्रत्यक्षदर्शी दुर्गा बहादुर कुमालले जानकारी दिए । पहिरोले थुनिएको बाटोलाई स्थानीयहरुले पन्छाएर बस पार गराउने क्रममा चिप्लिएर दुर्घटना भएको हो ।
घटनास्थलमा स्थानीयबासी, प्रहरी र पछिल्लो बसमा गएका यात्रुहरुले उद्धार गरिरहेका छन् । घटनास्थल सदरमुकाम धादिङबेसीदेखि ३२ किलोमिटर टाढा छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
मङ्ल, अशोज ११, २०७३ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य समाचार समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

– रामबहादुर थापा गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा

काठमाण्डौ , ९ वैशाख । नेपाल र फ्रान्स बिचको कुटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्ष

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले

काठमाडौं, चैत्र २८ ।माेहन वैद्य नेतृत्वकाे नेकपा क्रान्तिकारी माअाेवादीले अाफ्ना युवाहरूलार्इ सिराहामा लठ्ठी लालिम